गीतकार र गायनलाई कमजोर बनाउने म्युजिक भिडियो

बाह्रखरी

काठमाडौँ

काठमाडौं । पछिल्लो समय बजारमा आउने गीतको भिडियो निकै लामो हुने गरेको स्वयं संगीतकर्मीहरूले नै गुनासो गरेका छन् । संगीतकर्मीहरूकै शब्दमा ‘अनावश्यक’ लामा भिडियोहरू युट्युबमा अपलोड भइरहेका छन् । तीन मिनेटको गीतको भिडयो १० मिनेटभन्दा लामा हुने गरेको संगीतकर्मीहरू बताउँछन् ।

निर्देशक विशाल भण्डारी यसप्रति टिप्पणी गर्छन्– गीत हो कि सिनेमा ? खुट्याउनै कठिन हुन थाल्यो । भिडियो लामो हुने मात्रै होइन त्यसमा संवादसमेत समावेश हुँदै आएका छन् । यो ‘ट्रेन्ड’कै रूपमा अगाडि बढिरहेको छ ।

सर्ट मुभीभन्दा पनि लामा गीतको भिडियो आउनु गायक/गायिका र भिडियो निर्देशक दुवैको कमजोरी भएको विशाल बताउँछन् । गीतको भिडियो बनाउने क्रममा कहिलेकाहीँ त्यसले संवाद पनि खोज्छ भन्ने भ्रम रहेको उनी बताउँछन् ।
 
“संवाद राखेर बनाएका केही भिडियो चलेको जस्तो लागेपछि यसो गरेपछि भिडियो चल्दो रहेछ भनेर साथीहरूले संवाद राखेर सिनेमा जस्तो भिडियो बनाइरहनुभएको छ,” निर्देशक भण्डारी भन्छन्, “तर म यस्ता म्युजिक भिडियोलाई सफल मान्दिनँ । गीतको शब्दलाई न्याय गर्नेगरी विनासंवाद दृश्यहरू बगाउन सक्छ भने त्यो मात्रै सफल भिडियो हो र त्यो भिडियो निर्देशन गर्ने निर्देशक मात्रै सफल निर्देशक हो ।” 

प्रकाशित मिति: : 2021-03-06 08:20:00

प्रतिकृया दिनुहोस्