नयाँ पत्रिका दैनिक
प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन्। सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा हिंसात्मक द्वन्द्व सकिएको दाबी गरे।
‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन। अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।’
ओलीले अब शान्तिपूर्ण बाटोबाट विप्लवले आफ्ना विचारहरू कार्यान्वयन गर्ने अपेक्षा राख्दै नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई थुनामुक्त गर्न सुरु गरिसकेको बताए। ‘उहाँहरूको आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी छ। त्यसले शान्तिपूर्ण ढंगले गतिविधि गर्छ, संगठन गर्छ। शान्तिपूर्ण ढंगले गतिविधि गर्ने भइसकेपछि उहाँका नेता–कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर हामी मिलाएर छाड्ने क्रम अगाडि बढाउँछौँ र छाड्छौँ,’ उनले भने, ‘मुद्दा–मामिला छन् भने तिनलाई अन्त्य गरिन्छ। धर्मेन्द्र त छुटिसक्नुभयो। छुट्ने क्रम सुरु भइसक्यो।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया