
तेजन खड्का
शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलम अर्कैको फोटो राखेर विवादमा तानिएका प्रहरी निरीक्षक उद्धव पोखरेलको ज्यादतीबिरुद्ध शनिबार स्थानीयले विरोध प्रदर्शन गर्ने भएका छन्।
प्रविण बास्तोलाको मृत्यु प्रकरण घटनामा सत्यतथ्य छानबिन गर्नुपर्नेमा इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक पोखरेलको भुमिका शंकास्पद देखिएकोले कारवाहीको मागसहित प्रदर्शन गरिन लागेको मृतककी बहिनी सदिक्षा बास्तोलाले बताइन्।
उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको उनले बताइन्।
बाँस्तोलाको हत्या भएको दाबी गर्दै सदिक्षाले इन्स्पेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएकी छिन्।
न्याय मार्न खोज्ने व्यक्ति अझै उर्लाबारीमा कार्यरत रहेकाले असुरक्षाको अनुभूति भएको उनले बताइन्।
उनले भनिन्, पीडितले न्याय पाउने अधिकार प्राकृतिक अधिकार हो। कोही मानिस पीडित भएको छ भन्ने थाहा पाएपछि न्याय दिलाउन बसेको निकायले आफ्नो राम्रो भूमिका निर्वाह गरेर, सत्यतथ्य कुरा बाहिर ल्याएर पीडितलाई न्याय दिलाउनु पर्छ। तर यहाँ रक्षक नै भक्षक भएकाले गरिब, निमुखा र पहुँच नभएकाहरू उल्टै न्याय दिलाउने ठाउँमा बसेका मानिसहरूको व्यक्तिगत स्वार्थका कारण झन पीडित हुनु परिरहेको छ।'
न्याय माग्न जाँदा उल्टै डर धम्की सहनु परेको सदिक्षाले बताइन्। ‘हाम्रो परिवारले प्रशासनबाट जस्तो व्यवहारको सामना गर्नुपर्यो, त्यो एउटा प्रतिनिधि घटना मात्रै हो।'
'हजारौँ मानिसले जिल्लामा समेत पुगेर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना भयो। हजारौँ मानिसले दुःख पाउनु भयो तर पनि उद्धव पोख्रेललाई अहिलेसम्म इलाका प्रहरी कार्यालय, उर्लाबारीको प्रमुख बनाएर राखिएको छ। यति सबै जानिसकेपछि उद्धब पोख्रेललाई तत्काल कारबाही हुनुपर्ने होइन र ? सदिक्षाले प्रश्न गरिन्।
इन्स्पेक्टर पोखरेलले घटनाको मिसिल बुझाउँदा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै दुईपटक फिर्ता गरेको र त्यही फाइलका आधारमा अहिले मुद्दा दर्ता भएकाले न्याय प्राप्त हुनेमा आशंका रहेको स्थानीय नारायण बस्नेतले बताए।
मिसिल कमजोर पार्ने पोखरेललाई अझैसम्म कारबाही नगरेकाले सशक्त आन्दोलनमा उत्रिनुपरेको बस्नेतको भनाइ छ।
‘प्रहरी निरीक्षक पोखरेलबाट उर्लाबारीवासीले शान्तिसुरक्षाको प्रत्याभूति गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘शनिवार सशक्त आन्दोलनमा उत्रने तयारीमा छौं।’
घटना के हो ?
प्रवीण गत पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए। त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा पुग्छन् र होटल सञ्चालक कुमार राईलगायतले रक्सी खान्छन्।
रक्सी प्रविणले मात्र पिएको दाबी प्रहरीले गरेको छ। जिउ थाम्न नसक्ने गरी रक्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रवीण बदाम जुस लिन स्कुटर चढेर केही परसम्म पुगेको बताइन्छ।
तीन वटा बदाम जुस लिएर प्रवीण कहाँ पुगे, न त प्रहरीको अनुसन्धान बोल्छ, न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन्।
त्यति मात्र होइन, मद्रासी फिल्मीशैलीमा प्रवीणलाई मार्ने योजनाका लागि उनलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन्।
मध्यरातको १२ बजे बनाएको भिडियो अहिलेसम्म प्रवीणको परिवारले हेर्न पाएका छैनन्। त्यति मात्र होइन १ बजेर १० मिनेट जाँदा उनको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपैयाँ ट्रान्फर समेत गरिन्छ।
होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल, राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दाबी छ।
घटनामा संलग्नहरू कोही लागूऔषध कारोवारमा पटकपटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्यधिक लागूऔषध खुवाएर मारेको पीडित परिवारको आरोप छ।
कोही पक्राउ कोही फरार
बाँस्तोलाको मृत्यु प्रकरणमा एक जनालाई पुर्पक्षमा राख्न जिल्ला अदालत मोरङले आदेश गरेको छ।
जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए।
प्रहरीले परियारलाई कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएर मंगलबार अदालतमा उपस्थित गराएको थियो।
उक्त घटनामा संलग्न उर्लाबारी-६ का राजेश रणपहेली र दीपेश पौडेल फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।
हालसम्ममा उक्त घटनाका ६ जना प्रतिवादीमध्ये प्रहरीले परियारसहित ४ जनालाई पक्राउ गरेको छ।
परियार र उर्लाबारी–६ का मेहरमान दर्जीलाई पुर्पक्षका मोरङ कारागार पठाइएको छ भने कुमार राईलाई तीन लाख धरौटीमा र रमेश गिरीलाई एक लाख धरौटीमा अदालतले छाड्न आदेश दिएको छ।
उक्त हत्या घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षडयन्त्र गरेको भन्दै परिवार विरोधमा उत्रेपछि प्रहरीले ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया