ललितपुर, हरिसिद्धिका पञ्चराज महर्जन हरेकचोटि सडक विस्तार विरोध कार्यक्रममा आउँदा धिमे र भुस्या बाजा बोकेर ल्याउँछन्।आफू चाहिँ प्रायः भुस्या बजाउँछन्, कोही साथी भेटिए उसलाई धिमे थमाउँछन्।
कार्यक्रम सकिएपछि उनी धिमेलाई हारझैं गलामा झिर्छन् र भुस्या झोलामा हाल्छन्। 'यसरी आफ्नो रैथाने बाजा बजाउँदा मन आनन्द हुन्छ,' उनले भने, 'बाजाको आवाजले मान्छेको ध्यान पनि तानिन्छ।'
उनले यति मात्र कारणले बाजा बोकेर आएका होइनन्। मुख्य कारण अर्कै छ। त्यो हो, बाजा घन्काएर सडक विस्तारका नाममा बस्ती उठाउन खोज्ने सरकारको कानसम्म आफ्नो आवाज सुनाउनु।