मन्त्रीको बेलगाम बोली : रुखले के लिन्छ र के दिन्छ ५ कक्षाको विद्यार्थीलाई सोध्ने कि ?

लोकान्तर

काठमाडौं

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले मगरले फागुन १८ गते एउटा सार्वजनिक कार्यक्रममा भने, 'जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौं, जुन रुखलाई हामी अक्सिजन दिन्छौं, त्यही रुखै नरहे के हुन्छ हालत ?'

मन्त्री आलेको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। टिकटकमा उक्त भिडियो क्लिपलाई लाखौंले हेरिसकेका छन्।

मन्त्रीको यही अभिव्यक्तिलाई लिएर मिमहरू बनेका छन्। सामाजिक सञ्जालमार्फत धेरैले मन्त्रीको अल्पज्ञानप्रति टिठ व्यक्त गरिरहेका छन्।

रुखले कार्बनडाइअक्साइड लिने अनि अक्सिजन विसर्जन गर्ने विज्ञानको सामान्य कुरा हो।

विद्यार्थीले ४/५ कक्षादेखि नै त्यो कुरा पढेको हुन्छन्, तर वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेलाई भने त्यति सामान्य ज्ञान पनि नहुनु आफैंमा आश्चर्यजनक कुरा हो।

प्रकाशित मिति: : 2021-03-04 17:43:00

प्रतिकृया दिनुहोस्