सोमबार, १५ डिसेम्बर २०२५

कोहलीले बराबरी गरे धोनीको कीर्तिमान

Photograph: Martin Rickett/PA
• • •

विराट कोहलीले आफ्ना अग्रज महेन्द्रसिंह धोनीले ६० टेस्टमा कप्तानी गर्ने कीर्तिमानलाई बराबरी गरेका छन्।

कोहलीले इंग्ल्याण्डविरूद्ध अहमदाबादमा बिहीबारदेखि सुरु भएको चौथो टेस्टमा कप्तानी गर्दै धोनीको कीर्तिमानलाई बराबरी गरेका हुन्।

यसअघि कोहलीले ५९ टेस्टमा कप्तानी गर्दा भारतलाई ३५ टेस्टमा जित दिलाएका छन्।

चौथो टेस्ट जितेको खण्डमा कोहलीले वेष्ट इन्डिजका पूर्व कप्तान क्लाइभ लोयडको सबैभन्दा धेरै टेस्ट जित्ने कीर्तिमानलाई बराबरी गर्नेछन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!