आगामी २३ जुलाईदेखि ८ अगस्टसम्म आयोजना हुने टोक्यो ओलम्पिकमा विदेश दर्शकलाई अनुमति दिने सम्भावना कम रहेको छ।
कोरोना महामारीले गर्दा एक वर्षपछि हुन–गइरहेको ओलम्पिकमा विदेशीलाई सहभागी नबनाउने निर्णय भएको स्रोतलाई उल्लेख गर्दै जापानी पत्रिका मेनिची जनाएको छ।
खेल हेर्न विदेशी दर्शनले अनुमति पाउने वा नपाउने भन्नेमा ओलम्पिकमा कमिटीले एक महिनाभित्रै जानकारी बताएको छ।
दिनहुँ कोरोना बढिरेहका बेला विदेशी दर्शकलाई प्रवेशका लागि अनुमति दिने सम्भावना नभएको स्रोतको दाबी छ।
यसअघि टोक्यो ओलम्पिक आयोजकले अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय प्यारा ओलम्पिक समिति, टोक्यो महानगर प्रशासन र जापान सरकारका प्रतिनिधिहरूसँग अनलाइन बैठक सम्पन्न गरेको छ।
महामारीको समयमा विदेशी दर्शक यहाँ आउने अवस्था समेत नभएको समीक्षा भएको छ।
जापानी जनताले ओलम्पिक आयोजनाको लगातार विरोध गरिरहेका छन्। उनीहरूले विदेशी मानिस यहाँ आउँदा कोरोना भाइरसको संक्रमण थप फैलिने शंका समेत व्यक्त गरेका छन्।
टोकियोमा ११ हजार ओलम्पिक खेलाडी, ४ हजार पारा ओलम्पिक खेलाडी, हजारौं कोच, निर्णयक, प्रायोजक, मिडियाकर्मी र भीआइपीहरूले भाग लिनेछन्।