घ्यू कुमारीको सेवन गर्नु ठिक कि बेठिक !

सुदीक्षा खड्का

काठमाडाै‌ं
Symbolic photo

घ्यू कुमारी एक हरियो बिरुवा हो जुन प्राय कृषि र औषधीय प्रयोगहरूको लागि खेती गरिन्छ।

यसलाई सजावटी प्रयोजनका लागि पनि प्रयोग गरिन्छ र यो घर भित्र पनि सफलतापूर्वक बढ्छ। हामी धेरैलाई थाहा नै छ कि घ्यु कुमारीका धेरै फाइदाहरू छन्।

यो स्वास्थ्यको साथसाथै छाला, कपाल र तौल घटाउन पनि लाभकारी छ। तर यदि यसको प्रयोग चाहिने भन्दा बढी मात्रामा गर्ने हो भने यो हानिकारक पनि हुन सक्छ।

वास्तवमा, घ्यू कुमारीको सीमित प्रयोग धेरै फाइदाजनक छ। तर धेरैलाई थाहानहुन सक्छ कि आवश्यक भन्दा बढी प्रयोग खतरनाक हुन सक्छ। के हुन् त यसका बेफाइदा?

यदि हामी अत्याधिक मात्रामा घ्यूकुमारी सेवन गर्छौ भने यसले हामीलाई पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ। यो सीमित मात्रामा प्रयोग गर्नुपर्दछ।

घ्यु कुमारी छालाका लागि पनि धेरै लाभकारी मानिन्छ। तर छालामा पनि घ्यू कुमारीको अत्यधिक प्रयोगले छालाको समस्या निम्त्याउन सक्छ।

यो अनुहारमा बढी प्रयोग गर्नाले अनुहारमा सुख्खापन र नराम्रो दागहरू देखिन सक्छ। घ्यू कुमारीको रस मधुमेह भएका बिरामीहरूको लागि राम्रो हुँदैन।

डाक्टरको सल्लाह बिना यसको सेवन नगर्नु नै बुद्धिमानी हुन्छ। घ्यू कुमारीको अत्यधिक प्रयोगले कलेजोको समस्या पनि निम्त्याउन सक्छ। हामीले घ्यू कुमारीको प्रयोग गर्नु अघि डाक्टरहरुको परामर्श लिएर मात्र शुरू गर्नु उत्तम हुन्छ।

प्रकाशित मिति: : 2021-03-03 17:53:00

प्रतिकृया दिनुहोस्