बिएल संवाददाता
नेकपा (प्रचण्ड) समूहले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना नेता–कार्यकर्तालाई आफ्नो समूहबाट कारबाही गरेको छ।
पेरिसडाँडामा बुधबार बसेको सो पक्षको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई कारबाही गर्ने निर्णय गरेको हो।
संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो।
त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसद्को जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ।
सो समूहले सहकारी विकास मन्त्री प्रभु साह, संसदीय दलका सचेतक शान्ता चौधरी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पूर्वमन्त्रीद्वय गोकुल बाँस्कोटा र महेश बस्नेतलाई केन्द्रीय सदस्यबाट निष्काशित गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि यो बैठकले अपिल गर्ने समेत बैठकले निर्णय गरेको छ।
यसअघि सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट समेत निष्काशन गरेको घोषणा गरेको थियो।
अर्थमन्त्री विष्णु पौडेललाई पनि पार्टी महासचिवबाट हटाएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया