देउवाले ज्योतिषलाई भने- ओहो, अझै ४ महिना! मैले के गर्ने त?

सेतोपाटी

काठमाडाै‌ं

प्रशन्न पोखरेल

प्रतिनिधिसभा बैठक नजिकिएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ज्योतिष पण्डितबीच भेटघाट भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजे संसद बैठक आह्वान गरेकी छन्।

संसद बैठक आह्वान भएपछि सभापति देउवाले ज्योतिष पण्डित सुरेशचन्द्र रिजालसँग आगामी दिनबारे केही कुराकानी गरेका छन्।

रिजाल तिनै ज्योतिष हुन्, जसले २०७४ को निर्वाचनअघि देउवालाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका थिए।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ‘कांग्रेसबाट देउवा नै अन्तिम प्रधानमन्त्री’ भनेका थिए।

त्यसको भोलिपल्ट कैलालीमा देउवाले ओलीको भनाइप्रति टिप्पणी गर्दै आफूलाई ज्योतिषले सातपटक प्रधानमन्त्री हुने योग छ भनेको बताएका थिए।

प्रकाशित मिति: : 2021-03-03 14:16:00

प्रतिकृया दिनुहोस्