५५ वर्षभन्दा माथिका व्यक्तिले कोरोना खोप लगाउँदा के कुरामा ध्यान दिने?

देखापढी

काठमाडाै‌ं

 कृष्णसिंह धामी

फागुन २३ गतेदेखि ५५ वर्षमाथिकालाई कोरोना भाइरसविरुद्धको खोप दिइँदैछ। झण्डै ३७ लाखको संख्यामा रहेका सो उमेर समूहका लागि खोप लगाउनका सरकारले तयारी तीव्र बनाएको छ। 

माघ १४ गतेबाट नेपालमा खोप अभियान जारी छ। जसमा अहिलेसम्म चार लाख भन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन्। दोस्रो डोज भने १२ हप्ताभित्र लगाइसक्नपर्ने स्वास्थ्य मन्त्रालयको मापदण्ड छ। 

५५ वर्षमाथिको उमेर समूहलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयले घर घरमै गएर लगाउने पनि तयारी गरेको छ। स्वस्थ्य तथा हिँड्न सक्नेले खोप केन्द्रमा लगाउन पनि सकिन्छ। 

उनीहरूले खोप लगाउँदा हुनसक्ने सम्भावित जोखिमबारे सरकार सजक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम बताउँछन्। अहिलेसम्म कुनै अप्रिय घटना नघटेको भन्दै अबको सम्भावित हुनसक्ने घटनाका लागि सबै तयारी भइरहेको उनको भनाइ छ। 

५५ वर्षमाथिको उमेरसमूहले खोप लगाउँदा विभिन्न कुरामा ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। डा.शेरबहादुर पुनले अरूको भन्दा यो उमेर समूहलाई खोपको आवश्यकता बढी भएको बताए। 

“नेपालमा पहिलो प्राथिमकतामा फ्रन्टलाइनर राखियो। तर सबैभन्दा पहिला त जेष्ठ नागरिक तथा दीर्घ रोगीलाई दिइनुपथ्र्यो। अहिले पनि समयमै खोप दिइन लागेको छ”, डा.पुनले भने। 

प्रकाशित मिति: : 2021-03-03 11:57:00

प्रतिकृया दिनुहोस्