बालाजुबाट पक्राउ परेका अभियन्तालाई छाड्न सर्वोच्चको आदेश 

बिएल संवाददाता

काठमाडाै‌ं

बालाजु बाइपास सडकमा विरोध गर्दा पक्राउ परेका अभियन्ताहरूलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

काठमाडौं महानगरपालिका (१६ बाट पक्राउ परेका ८ जनालाई  सर्वाेच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको हो। 

न्यायाधीश प्रकाशमान सिंह राउत र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो।

उनीहरुलाई प्रहरीले गत बुधबार बाईपासबाट पक्राउ गरेको थियो।

रिहाई पछि उनिहरुले कालिमाटीमा बिजय निकालेका छन्। 

प्रकाशित मिति: : 2021-03-02 19:43:00

प्रतिकृया दिनुहोस्