
बिएल संवाददाता
सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा विप्लव नेतृत्वको विद्रोही नेकपा (माओवादी) सँग वार्ता गर्न टोली गठन गरेलगत्तै विप्लग समूहले पनि सरकारसँग वार्ताका लागि ‘वार्ताटोली’ गठन गरेको छ।
विप्लव समूहले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने 'दीपक' लाई वार्ताका लागि खटाउने निर्णय गरेको हो।
विश्वस्त स्रोतका अनुसार, दुवै पक्षबीच अनौपचारिक छलफलपछि औपचारिक वार्ताका लागि वार्ता टोली गठन गरिएको हो। विश्वकर्मा उक्त पार्टीका दोस्रो वरियताका नेता हुन्।
सरकारी वार्ता टोली संयोजक थापा र विद्रोही माओवादीका वार्ता टोली संयोजक प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीबाट मोहन बैद्यको नेतृत्वमा एकसाथ विद्रोह गरेर अलग पार्टी बनाउने नेता हुन्। सदस्य उदय चलाउने 'दीपक' भने साे पार्टीको युवा संघ– युथ कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष थिए।
प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा थापा र विश्वकर्मा एकै मन्त्रिपरिषद्मा मन्त्री थिए।
थापाको नेतृत्वमा एउटा ठूलो समूह ०७१ सालमा प्रचण्ड नेतृत्वको माओवादीमै फर्केको थियो भने अर्को समूह विप्लवको नेतृत्वमा बैद्यसँग अलग भएर ‘नेपाल कम्युनिष्ट पार्टी’ को नाममा बेग्लै समूह खडा गरी विद्रोहको तयारीमा लागेको थियो।
ओली सरकारले दुई वर्षअघि विप्लवका सशस्त्र गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया