नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो।
ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ।बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो।
यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ। केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ।
विवरणअनुसार प्रतिस्पर्धीलाई रु आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई रु एक अर्ब ५० करोड छुट्याइएको छ।। रासस