लिटल फ्लावर प्रिमियर लिग : न्यू एकेडेमी र हिमालयन ह्याइट हाउस विजयी

Live About

धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आजको खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएको छ। 

पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १०५ रनको फराकिलो अन्तरले पराजित ग¥यो। टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि अङ्कित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवास थापाले ३० रन बनाए। 

बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले तीन, विजय विश्वकर्मा र यकुव मियाले दुई/दुई विकेट लिए। १७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउनसक्यो। 

उसका लागि खुम चौधरीले अविजित रहँदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्। न्यू एकेडेमीका सन्दिप विष्टले तीन, सुरेश रावल र अनिल थापाले दुई/दुई विकेट लिए। खेलको म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए। 

त्यसैगरी प्रतियोगिताअन्तर्गत आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई आठ विकेटले पराजित ग¥यो। टस जितेर ब्याटिङ गरेको लिटल बुद्धले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो। उसका लागि रोयल बम र राजेश ऐरले १५/१५ रन बनाए। 

हिमालयन ह्वाइट हाउसका लागि गजेन्द्र बोहराले पाँच र सन्दिप शाहीले तीन विकेट लिए। ७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्वाइट हाउसले ११ दशमलव तीन ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य भेट्टायो। 

उसका लागि दीपक बोहराले अविजित ५० र निश्चल थापाले १९ रनको योगदान दिए। बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले एक÷एक विकेट लिए। खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए। रासस 

प्रकाशित मिति: : 2021-03-01 21:41:00

प्रतिकृया दिनुहोस्