बिएल संवाददाता
बालाजु बाइपास सडकमा विरोध गर्दा पक्राउ परेका अभियन्तालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन काठमाडौंले अनुमति दिएको छ।
पक्राउ परेको अभियन्ता तथा स्थानीयहरुलाई थप पाँच दिन हिरासतामा राख्न सोमबार अनुमति दिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाकारी दिएका छन्।
गत बुधबार बाइपास सडकमा काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन लागेको बार भत्काएपछि उनीहरुलाई प्रहरीले नियन्त्रण लिएको थियो।
स्थानीय मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलेलाई प्रहरीले पक्रउ गरेको हो।
अभियन्ताहरुले पक्राउ परेकाहरूसँग भेट्नेक्रममा नेपाल भाषामा कुरा गरेका थिए। सोही क्रममा प्रहरीले नेपाल भाषा नबोल्न भनेपछि कार्यालयमा विवाद भएको थियो।
त्यसपछि उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाएर हिरासतमा राखिएको छ। पाँच दिनको म्याद सोमबार सकिएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया