पन्ध्र करोड राजश्व छली, तीन जनाविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका-९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ।

उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ।

विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर छलेको पाइएको हो। 

उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ।

दायर मुद्दामा उनीहरूमाथि बिगो असुल उपर गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ। उनीहरूले सामान ओसारपसार गर्दा विभागको सूचना प्रणालीमा सामान प्रविष्ट नगरेको पाइएको छ।। रासस

प्रकाशित मिति: : 2021-02-28 21:58:00

प्रतिकृया दिनुहोस्