रघुजी पन्तले कोमल वलीलाई भने- सरी!

सेतोपाटी

काठमाडाै‌ं

राष्ट्रियसभा सांसद कोमल वलीको विषयमा गरेको टिप्पणीपछि नेकपा (प्रचण्ड–नेपाल) पक्षका नेता रघुजी पन्त विवादमा परेका छन्। 

राजधानीमा शनिबार आयोजित कार्यकर्ता भेलामा पन्तले 'कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएको' टिप्पणी गरेका थिए।

वलीको विषयमा पन्तको टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा महिलाविरोधीका रूपमा पन्तको आलोचना भइरहेको छ। सेतोपाटीसँग कुराकानी गर्दै नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षकी सांसद वलीले आफूले पन्तविरूद्ध अदालत जाने सोचिरहेको बताइन्।

'उहासँग मेरो राम्रो सम्बन्ध थियो। कुनै वैमनश्य पनि थिएन। उहाँ प्रेस सल्लाहकार पनि हुनुहुन्थ्यो। रेडियो नेपालमा पनि आउनुहुन्थ्यो। म दाइ भन्थेँ,' वलीले भनिन्, 'तर अचानक हिजो उहाँको कुरा सुनेँ। म आफैं आश्चर्यचकित छु। चोटमा परेको छु।'

वलीले आफू पन्तको राजनीतिक प्रतिस्पर्धी नरहेको बताइन्।

'म महिला क्लष्टरबाट राष्ट्रियसभा सांसद भएको हुँ। मलाई पार्टीमा जिल्लाबाट सिफारिस भएर प्रदेशबाट नाम गएर उहाँ पनि भएको स्थायी समिति बैठकले राष्ट्रियसभामा टिकट दिएको हो,' वलीले भनिन्, 'लाग्दैन, मसँग उहाँको कुनै कम्पिटिसिन थियो। तर उहाँलाई के कुरा चित्त बुझेको रहेनछ, त्यस्तो निच शब्द प्रयोग गर्नुभयो। यौनिकताको कुरा गरेर गैरराजनीतिक बोल्नुभयो। म आफैं आश्चर्यचकित छु।'

वलीले पछिल्लो समय राजनीतिक क्षेत्रमा लागेका महिलामाथि धेरै टिप्पणी हुन थालेको बताइन्।

प्रकाशित मिति: : 2021-02-28 20:59:00

प्रतिकृया दिनुहोस्