बिएल संवाददाता
शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएका खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब आआफ्नो खेलमा विजयी भएका छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो। खुमलटारका लागि महेश राईले निर्णायक गोल गरेका हुन्। उनले खेलको तेस्रो मिनेटमा नै गोल गरेका थिए।
जितसँगै खुमलटारले आठ खेलमा १९ अङ्क जोडेको छ। खुमलटारले शीर्ष स्थानमा रहेको सातदोबाटोसँग बराबरी गरेको छ। यस्तै आठ खेलमा ६ अङ्क जोडेको झम्सिखेल लिगको दशौँ स्थानमा छ। लिगको आज भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो। एन्फा कम्प्लेक्सको मैदानमा भएको उक्त खेलमा ब्वाइजका लागि मिलन लिम्बूले ह्याटिक गरे। उनले खेलको २१औँ मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै पहिलो हाफको इन्जुरी समयमा उनले दोस्रो गोल गरे,भने खेलको ५७औँ मिनेटमा तेस्रो गोल गरे।
नयाँबस्तीका खेलाडीले गोल फर्काउन सकेनन्। जितसँगै ब्वाइजले आठ खेलमा १४ अङ्क जोडेको छ। ब्वाइज लिगको चौथो स्थानमा उक्लेको छ। यस्तै नयाँबस्ती आठ खेलमा ११ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया