'२५ वर्षदेखि झुपडीमा बसिरहेका छाैँ, अझै २५ वर्ष चौरीमा बसेर आन्दाेलन गर्न तयार छाैँ'

शिलापत्र

काठमाडाै‌ं

 रमेश रावल

शनिबार बेलुकीको ८ बजेकाे थियाे । पानी पर्ला-पर्लाजस्तो भएको थियो । कृषियोग्य जमीनको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि धर्नामा बसेका बादी समुदायका बालबालिका तथा वृद्धवृद्धाको शरीर चिसोका कारण लगलग काँपिरहेको थियो ।

बादी समुदायका २ सय ४० जनाभन्दा बढी बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धा र युवा खुला चौरमा बसिरहेका थिए । उनीहरू आकाशबाट पानी आए मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेट फोडेर भित्र जानेबारे छलफल गर्दै थिए । 'पानी आयो भने हामी कता जाने ? सरकारसँग जग्गा माग्दै आएका हामीले सरकारको कार्यालयमा पस्ने हो’, दैलेख नारायण नगरपालिका- १ बाट आएर धर्नामा बसेकी कमला बादीले भनिन्, ‘हामीजस्ता भुइँमान्छेका समस्या कसैले नसुन्ने रहेछ ।’

सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि सात दिनदेखि धर्नामा बसेका उनीहरू गाउँबाट ल्याएका एकसरो कपडाको ओछ्यान लगाउने तयारीमा थिए । साना-साना बालबालिका आगो ताप्दै थिए । एकसरो कपडा लगाएर लगलग काँप्दै आगो तापिरहेकी दैलेख डुङ्गेश्वर गाउँपालिका- १ की ७ वर्षीया बालिका सीता बादीलाई ‘तपाईं किन खुला चौरमा बसेको’ भनेर साेध्दा उनी केही बेर बाेलिनन् । अलिक पछि मुख खाेलिन्, ‘गाउँमा सानो घर छ । हामी यहाँ जग्गा माग्न आएका ।’

प्रकाशित मिति: : 2021-02-28 13:34:00

प्रतिकृया दिनुहोस्