बिएल संवाददाता
अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र? आफन्तले दिने सल्लाह अनि दिशानिर्देशबाट भावी कार्यसम्पादन गर्ने रहर नभएको को होला?
जनयुद्धकालमा बेपत्ता बनाइएका शिक्षक अहिले २० वर्षसम्म कहाँ छन् भन्ने परिवारलाई जानकारी छैन । दैनिक बुवाको सम्झनामा भेरी नगरपालिका–२ की शारदा शर्मालाई झस्काउने गर्दछ।
शिक्षण पेशामा रहेका शिवप्रसाद शर्मालाई तत्कालीन राज्य पक्षबाट विसं २०५७ फागुन १३ गते नेपालगञ्जबाट बेपत्ता बनाइएको थियो।
बेपत्ता बनाएको २० वर्ष बिते पनि अहिलेसम्म सास र लास कुनै कुरा राज्य पक्षबाट जानकारी गराइएको छैन। बेपत्ता शिवका दुई छोरी र श्रीमती अहिले पनि उनको मुलबाटो हेरेर पर्खिरहेका छन्।
राति घरको ढोकामा आवाज आउँदा होस् वा अन्य कारणले आवाज आए पनि बुवा नै आउनुभएको हो भनेर मन फुरुङ्ग हुने गरेको बेपत्ता शिवकी जेठी छोरी शारदाले बताईन्।
उनले भनिन्, “मैले मेरो बुवालाई बेपत्ता बनाएको दिनदेखि कहिल्यै देख्न पाइनँ, बुवालाई किन र केका लागि बेपत्ता पारियो पत्ता लागेको छैन।”
राज्यले रु १० लाख राहत त दियो तर बुवाको अवस्थाका बारेमा अहिलेसम्म कुनै खास प्रतिक्रिया दिइएको छैन। पैसाले बुवाको माया नपाइने भन्दै शारदाले बुवाको अवस्था तत्काल सार्वजानिक गर्नसमेत माग गरिन्।। रासस
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया