प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिइँदै

शिलापत्र

काठमाडाैं

काठमाडौं विश्वविद्यालयले विवादास्पद व्यापारी दुर्गा प्रसाईको झापास्थित बीएण्डसी मेडिकल कलेजलाई गैरकानूनी बाटोबाट सम्बन्धन दिने तयारी गरेको छ । प्रधानमन्त्री केपी आलीको अध्यक्षतामा १२ फागुनमा बसेको विश्वविद्यालयको सिनेट बैठकमा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया सुरु गर्ने निर्णय भएको हो ।

विश्वविद्यालयको सिनेट बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले यो प्रस्ताव ल्याएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रकृया अघि बढाउन शिक्षामन्त्री श्रेष्ठलाई निर्देशन दिएका थिए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा प्रधानमन्त्रीको चाहना अनुसार प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिन तयार थिए । प्रधानमन्त्री ओलीको चाहनाअनुसारकै काम गर्ने सर्तसहित थापा केही महिनाअघि विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए ।

शिक्षामन्त्री श्रेष्ठ नेतृत्वको सर्च कमिटीले उपकुपतिमा रामकण्ठ माकाजुलाई निरन्तरता दिन सुझाव दिएको थियो । तर, प्रधानमन्त्री ओली प्रसाईहरुको दबाब र प्रभाबमा थापालाई उपकुलपति नियुक्त गर्न राजी भएका थिए ।

प्रधानमन्त्री ओली बीएन्डसीलाई सम्बन्धन दिलाउने कसरतमा लाग्नुको पछाडि जिल्लाबासी हुनु र राजनीतिक स्वार्थ जोडिएको छ । प्रसाईको मेडिकल कलेज प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा निर्माण हुँदैछ । त्यतिमात्र होइन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री ओली र प्रचण्डलाई प्रसाईले हेलिकप्टरको व्यवस्था गरेका थिए । त्यसबाट उनले राजनीतिक शक्ति आर्जन गरेका हुन् ।

प्रकाशित मिति: : 2021-02-27 22:32:00

प्रतिकृया दिनुहोस्