पीडित महिलामाथि उल्टै पञ्चले गरे ५ हजार जरिवाना, अपमान सहन नसकेपछि गरिन् आत्महत्या

नेपाल खबर

काठमाडाै‌ं

धनुषामा पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा एक महिलाले आत्महत्या गरेकी छन्।

धनुषाको औरही गाउँपालिका–२ देउरीकी रामजीवन यादवकी ३६ वर्षीया श्रीमती बिनितादेवी यादवले आत्महत्या गरेकी हुन्। 

गएको बिहीबार दिउँसो गाउँकै ओसराबलाको खेतमा साग टिपेको विषयमा भएको विवादपछि पञ्चायतले कारबाही स्वरुप बिनितालगायत तीन जना महिलालाई जनही पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो।

शुक्रबार भएको पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि बिनिताले आफ्नो घरमा पुगेर पासो लगाएर आत्महत्या गरेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार खेतमा घाँस काट्दै गरेका उनीहरुलाई खेतधनी महिलाले साग चोरेको आरोप लगाएकी थिइएन्। त्यसपछि खेतधनीसहित अन्य महिलाहरुले सुमित्रा, बबिता र बिनितामाथि कुटपिट गरेका थिए।

पीडित बबितालगायत तीनै जनाले आफूहरुमाथि अन्याय भएको भन्दै पञ्चायत डाकेकी थिए। एक स्थानीयका अनुसार दउरीको थाननजिक वडा नं.२ का वडाध्यक्ष अमित यादवको अगुवाइमा शुक्रबार बिहान पञ्चायत बसेको थियो। पञ्चायतले उल्टै तीनै महिलाले नै गल्ती गरेको भन्दै जनही ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। पञ्चायतले तत्कालै बबितालगायत तीनै महिलालाई जरिवाना रकम बुझाउन दबाब दियो। उनीहरुले उल्टै आफूहरुमाथि अन्याय भएकाले तत्कालै जरिवाना तिर्न नसक्ने, भोलि कतैबाट उपाय गरेर तिर्ने भनेका थिए। तर, उनीहरुमाथि झन् दबाब दिन वडाध्यक्ष यादवले प्रहरी बोलाएर समात्न लगाउने धम्काएका थिए।

प्रकाशित मिति: : 2021-02-27 17:34:00

प्रतिकृया दिनुहोस्