पुर्वपर्यटनमन्त्री अधिकारीको सम्झनामा आज देशभर श्रद्धाञ्जली कार्यक्रम

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा आज देशैभरी श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ। 

स्व.अधिकारी आजैका दिन ताप्लेजुङ्को फुङ्लिङस्थित सिस्नेभिरमा भएको हेलिकप्टर दुर्घटनामा परी दिवगंत भएका थिए। 

दुर्घटनामा मन्त्री अधिकारीसहित क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको थियो।

प्रकाशित मिति: : 2021-02-27 15:04:00

प्रतिकृया दिनुहोस्