लोकसेवा परीक्षामा सहजै उत्तीर्ण हुन यसो गर्नुस्

थाहा खबर

काठमाडाै‌ं

काठमाडौं : देशको स्थायी सरकार चलाउनका लागि निकै विद्धान, बुद्धिमान र चलाख उम्मेदवार खोजिन्छ कि इमान्दार नैतिकवान र सत्यनिष्ठ भन्नेबारे स्पष्ट भएपछि मात्र लोकसेवा आयोगले लिने परीक्षा तयारीमा लाग्ने हो भने यो उत्तीर्ण गर्न सजिलो हुन्छ।

हामीहरू लोकसेवा आयोगको प्रशासन तर्फका पदमा बढि घोकन्ते आँकडाविद्‌ र स्मरणविद्‌ बन्ने प्रयास गर्दछौं। किनकी परीक्षामा विषयवस्तुको स्मरण नभएसम्म लेख्न सकिँदैन। त्यसैले कुनै पनि व्यक्तिले परीक्षा तयारी गरिरहेका छ भने उसले इतिहास, भूगोल, दर्शन, गणित, व्यवस्थापन, लेखा, अर्थशास्त्र, भौतिक, रसायन वा प्राणी शास्त्रबाट केही न केही पढ्ने घोक्ने प्रयास गरी रहेको हुन्छ। सामान्य ज्ञानदेखि आइक्यु सम्ममा निज अब्बल हुनुपर्छ।

कामको प्रकृतिअनुसार विषयगत ज्ञान र कार्य सञ्चालनमा प्राविधिक ज्ञान सबैलाई चाहिन्छ। त्यसैले ज्ञानको अनन्त सागरभित्र माथि उल्लेख गरिएकामध्ये सबै तथा केही विषयको विशेषज्ञता नभई लोकसेवा आयोग पास गर्न सकिँदैन। 

त्यसैले, पढ्ने घोक्ने तथा त्यसलाई तोकिएको सिमित समयमा उचित प्रस्तुतिका साथ कापीमा उतार्नु सामान्य कार्य होइन। यसले मानवको सन्तुलित बौद्धिक र प्रस्तुतिकरण क्षमता देखाउँछ।

लोकसेवा आयोगले लिने परीक्षाले पहिलो चरणमा उम्मेदवारको बौद्धिक, स्मरणात्मक, समय व्यवस्थापन क्षमता तथा विशिष्टता प्रस्तुत गर्छ। त्यतिमात्र होइन, परीक्षाले संज्ञानात्मक सृजनशीलतालाई दर्साउँछ। जस्तै : लोकसेवा आयोगले प्रश्न सोध्दा 'गरिबी हटाउन चालिनुपर्ने व्यवहारिक र संभव उपायहरूलाई आफ्नो तरिकाले प्रस्तुत गर्नुहोस्‌' भनी कुनै विवेचनात्मक प्रश्न सोध्नसक्छ।

प्रकाशित मिति: : 2021-02-27 11:52:00

प्रतिकृया दिनुहोस्