प्रधानमन्त्रीबाट राजीनामा नगरी कुन मुखले प्रतिनिधिसभामा जाने?

नेपाल खबर

काठमाडाै‌ं

केपी ओली पूर्णतः रक्षात्मक अवस्थामा पुग्नुभएको छ। एकपछि अर्को प्रयत्न गर्दा पनि उहाँको ओरालो यात्रा निरन्तर जारी छ। व्यक्तिगत महत्वाकांक्षाका लागि उहाँले राष्ट्रपति, पार्टीदेखि संसद्सम्मलाई शिकार बनाउनुभएको छ।

संविधानसभाबाट बनेको संविधानको हुर्मत लिँदै मुलुकलाई अधिनायकवादी बाटोमा हिँडाएर भए पनि सत्तामा बसिरहने सोचका कारण मुलुकमा संकट खडा भएको छ। संविधान बनेको पाँचै बर्षमा यसलाई निस्तेज पार्ने, संशोधननको प्रक्रियामा प्रवेशै नगरी यसमाथि व्यावहारिक रुपमा संशोधन गरिदिने र मैले जे भन्यो त्यही हुन्छ भनेर प्रमाणित गर्ने उहाँको प्रयास असफल सावित भइसक्दा पनि त्यसलाई स्वीकार र आत्मसात गर्न उहाँ तयार देखिनुभएको छैन।

संविधानलाई नै घाइते बनाउने गरी चालिएको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनेर ऐतिहासिक फैसला गर्दा पनि उहाँले भनिरहनुभएको छ, ‘मेरा लागि यो सामान्य कुरा हो।’ यसबाट के देखिन्छ भने आफ्नो कदम असंवैधानिक सावित भइसक्दा समेत उहाँमा कुनै ग्लानी छैन।

प्रकाशित मिति: : 2021-02-27 11:44:00

प्रतिकृया दिनुहोस्