आउँदो वर्ष निर्देशकहरूको अग्निपरीक्षा

बाह्रखरी

काठमाडाै‌ं

काठमाडौं । कोरोनाका कारण २०७७ सालमा ढुक्कले बसेका चलचित्र निर्देशकका लागि ०७८ भने टाउको दुखाइको वर्ष बन्ने भएको छ । एक वर्ष चलचित्र निर्माण नगरी बसेका निर्देशकहरूलाई लामो अन्तरालपछि बजारमा आउँदा तनाव झेल्नुपर्नेछ ।

आउँदो वर्ष बजारमा राम्रो छवि बनाएका अधिकांश निर्देशकका चलचित्र आउने भएकाले आपसमा प्रतिस्पर्धा कडा हुने देखिन्छ । नाम चलेका निर्देशकहरूका चलचित्र एकै वर्ष आउने भएपछि आउँदो वर्ष निर्देशकहरूका लागि अग्निपरीक्षाको वर्ष हुनेछ ।
 
समीक्षक र दर्शकको साथ पाएका निर्देशकहरूबीच नै यो वर्ष प्रतिस्पर्धा हुने भएपछि अब्बल सिनेमा आउने अपेक्षा पनि बढेको छ । 

निर्देशक दीपेन्द्र के खनाल चलचित्र सुटिङको लाइनअपले ०७८ को चलचित्र रिलिजको लाइनअप संकेत गरिरहेको बताउँछन् । अहिले चलचित्र छयांकनमा जान प्राविधिक र इक्युपमेन्टको अभाव देखिएजस्तै आउँदो वर्ष रिलिजमा पनि प्रतिस्पर्धा हुने निश्चित रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: : 2021-02-27 11:35:00

प्रतिकृया दिनुहोस्