घरको नक्सा र लालपुर्जाको फोटो नै बोकेर किन आए बालाजुका स्थानीय माइतीघरमा?

सेतोपाटी

काठमाडाै‌ं

बालाजु, बाइपासका मीनबहादुर शाहीसहित आठ जनालाई बुधबार प्रहरीले पक्राउ गर्‍यो। उनीहरू स्रोहखुट्टेको हिरासतमा छन्। 

यी आठ जनाको अपराध के हो? के उनीहरू कसैको धनमान लुट्न गएका थिए?

होइन, उनीहरू त सडक विस्तारका नाममा राज्यबाट लुटिएको आफ्नै पुर्ख्यौली घरजग्गा राज्यसँग फिर्ता माग्दै थिए। आफ्नै जग्गामा जबर्जस्ती बारिएका बारहरू उनीहरूले भत्काइदिएका थिए।

यही माग राख्दै शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गर्न आएकी मीनबहादुरकी ६८ वर्षीया पत्नी लक्ष्मी शाही (महर्जन) र उनका छोराछोरीले हातमा फ्लेक्स बोकेका थिए, जसमा उनीहरूको नाम, घरजग्गाको कित्ता नम्बर, नक्सा र लालपुर्जाको तस्बिर थियो।

जिमी बुरा या त ज्वंका थौं क्या, म्ह्या नाप जिपी थन वोयू (मेरो श्रीमानलाई प्रहरीले समाएपछि आज छोराछोरीसँगै हामी यहाँ आयौं),' विरोध प्रदर्शनकै बीच लक्ष्मीले सेतोपाटीसँग भनिन्।

प्रकाशित मिति: : 2021-02-26 19:45:00

प्रतिकृया दिनुहोस्