रूपन्देहीको तिलोत्तमा-५ का अमृत भुसालको सानैदेखिको सपना थियो इञ्जिनियर बन्ने।
त्यही सपना पछ्याउँदै उनले विज्ञान विषय लिएर प्लस-टु पढे। रूपन्देहीकै निजी विद्यालयबाट एसएलसी र काठमाडौंबाट प्लस-टु गर्दा अमृतका बुवा बालकृष्ण भुसाल आफ्नो व्यवसायमार्फत स्थापित भइसकेका थिए।
बालकृष्णले स्थापना गरेको 'भुसाल मोटर्स' २०५१ सालमै 'न्यु होल्यान्ड ट्र्याक्टर'को आधिकारिक बिक्रेता बनेको थियो।