बिएल संवाददाता
पछिल्लो समय दक्षिण भारतिय चलचित्र क्षेत्रकी अभिनेत्री श्रुति हसनको चर्चा दिनानुदिन बढ्दै गईरहेको छ।
सन १९८६ को जनवरी २८ मा जन्मिएकी श्रुतिलाई दक्षिण भारतिय चलचित्र क्षेत्रमा वौद्धिक अभिनेत्रीको रुपमा पनि लिईन्छ। हाल सम्म श्रुतिले दुई दर्जन भन्दा सुपरहिट चलचित्रमा काम गरिसकेकी छन्।
'अनगनगा ओ धीरुदु', 'दिल तो बच्चा है जी', 'एलुम आरिवु', 'गब्बर सिहं', 'रमैया वस्तावैया', 'डी डे', 'गब्बर ईज ब्याक', 'वेलकम ब्याक', 'राँकी हेन्डसम' जस्ता चलचित्रहरुले उनलाई राम्रै सफलता दिलायो।
पछिल्लो समय उनले 'बाहुबली' प्रभास सगँ चलचित्र सालारमा काम गर्दैछिन्। पहिलो पटक प्रभाससँग गर्न पाएकोमा श्रुतिले खुशीसमेत ब्यक्त गरेकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत प्रभास सगँ पहिलो पटक स्क्रिन सेयर गर्न लागेको जानकारी दिएकी हुन्। चलचित्र क्षेत्रमा उनको सुन्दरता र अभिनयको राम्रो चर्चा हुने गरेको पाईन्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया