पाचोक गाउँमा पुग्यो बिजुली

Symbolic photo

दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ।

टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा प्रदेशको भौतिक मन्त्रालयका सहयोगमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पु¥याएको हो।   त्यहाँका ६५ घरमा बिजुली बलेको छ। 

यसअघि टुकी र सोलारका भरमा बस्नुपर्दा, बिरामी हुँदा तथा बालबालिकाको पठनपाठनमा समस्या हुनेदेखि मोबाइल चार्जिङ गर्नसमेत समस्या भएको गाउँपालिका अध्यक्ष ओमलाल गुरुङले बताए। ‘तर समस्याको समाधान भएको छ’ उनले भने। गाउँमा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन्।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पु¥याउँने जानकारी दिदैँ गाउँमा ‘एक घर एक धारा’ छिट्टै निर्माण गरिने जानकारी लिए।


 

प्रकाशित मिति: : 2021-02-25 12:48:00

प्रतिकृया दिनुहोस्