६४ वर्षमा पनि काठमाडौंका सडकमा ट्याक्सी हुइँकाइरहेका शंखरप्रसाद

सेतोपाटी

काठमाडाै‌ं

खिलानाथ ढकाल

बुधबार हात्तीसारबाट हुइँकिएर कमलपोखरीस्थित कृष्ण पाउरोटी अगाडि एउटा ट्याक्सी रोकियो। 

नम्बर प्लेटमा लेखिएको थियो- बा१ज ८३८९।

चालकको सिटबाट एक जना ‘ज्यानदार’ वृद्धले ढोका उघारे।

कमिज सरवाल, इस्टकोट शिरमा ढाकाटोपी। त्यसमाथि ट्याक्सी चालक लेखिएको ज्याकेट र छालाको जुत्ता लगाएका उनी ट्याक्सीमा अडेस लागेर चुरोट सल्काउन थाले।

उमेरदार युवाजस्ता जोशिला देखिने ती चालक ६४ वर्षीय शंखरप्रसाद चौलागाईं थिए।

उनी काँडाघारीमा बस्छन्। काभ्रे कात्तिके-देउराली गाउँपालिका-३ का चौलागाईं एकल पुरुष हुन्।

उनले काठमाडौंको सडकमा ट्याक्सी चलाएको १३ वर्ष पुगिसकेको छ।

उमेर छिप्पिएपछि नै उनले ड्राइभिङ सिके। रोगले खासै छोएको छैन। कहिलेकाहीँ हात दुख्छ। सिभिल अस्पताल पुग्छन्, डाक्टरले उनलाई नि:शुल्क उपचार गरिदिन्छन्।

प्रकाशित मिति: : 2021-02-25 11:30:00

प्रतिकृया दिनुहोस्