इंग्ल्यान्डविरुद्धकाे तेस्रो खेलमा भारत  १३ रनले पछि

फोटो, इएसपीएन
फोटो, इएसपीएन

इंग्ल्यान्डविरुद्ध चार खेलका टेस्ट सिरिजअन्तर्गत तेस्रो खेलमा घरेलु टोली भारतले  १३ रनले पछि परेको छ।

पहिलो दिनको समाप्तिमा भारत ३३ ओभरमा ९९–३ को अवस्थामा छ। 

ओपनर रोहित शर्मा ५७ र अजिंक्या रहाने १ रनमा नटआउट छन्। रोहितले ८२ बलमा ९ चौका हानेका थिए। कप्तान विराट कोहली २७ रनमा बोल्ड आउट भए। 

तेस्रो विकेटका लागि कोहली र शर्माले ६४ रनको साझेदारी गरे। यता ओपनर सुभमन गिल ११ र चेतेश्वर पुजारा शून्यमा आउट भए। ज्याक लेचले २ र जोफ्रा आर्चरले एक विकेट लिए।

त्यसअघि अहमदाबादस्थित मोटेरा रंगशालामा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट भयो। 

ओपनर क्रलीले ८४ बलमा ५३ रन जोडे। उनले १० चौका हाने। उनी क्रली अक्षर पटेलको बलमा आउट भएका थिए।

तर इंग्ल्यान्डका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका स्पिनर अक्षर पटेल एक्लैले ६ विकेट लिए। रवी आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए।

सिरिजअन्तर्गत चेन्नईमा भएको पहिलो खेलमा इंग्ल्यान्ड २ सय २७ रनले विजयी भएको थियो। दोस्रो खेलमा भारतले इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गरेको थियो।

प्रकाशित मिति: : 2021-02-25 10:59:00

प्रतिकृया दिनुहोस्