नरेन्द्र मोदी अर्थात् संसारको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम

फाइल तस्वीर
फाइल तस्वीर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा संसारको सबैभन्दा ठूलो क्रिकेट  स्टेडियम बनेसँगै यो विषयले राजनीतिक चर्चा पाएको छ।

कांग्रेस नेता हार्दिक पटेलले मोदी सरकारको यो हर्कतले सरदार वल्लभभाई पटेलको अपमान भएको बताएका छन्।

गुजरातमा रहेको मोटेरालाई नरेन्द्र मोदी स्टेडियमको नाममा नामाकरण गरिएको हो। यसको बुधबार धुमधामसाथ उद्घाटन समेत गरिएको छ। 

तर कांग्रेसलगायत राजनीतिक पार्टीले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीको तीब्र आलोचना गरेका छन्। उनीहरूले मोदीराजमा इतिहास बनाएका राजनेताहरूको अपमान गर्ने क्रम जारी रहेको बताए। 

यो क्रिकेट स्टेडियममा एक लाख ३२ हजार दर्शक क्षमता रहेको छ। अत्याधुनिक स्टेडियमको परिकल्पाना र निर्माण–योजना प्रधानमन्त्री मोदीले आफू गुजरातको मुख्यमन्त्री हुँदा गरेका थिए। 

गुजरात क्रिकेट संघका पूर्व अध्यक्षसमेत रहेका मोदीको ड्रिम प्रोजेक्ट मानिने यो स्टेडियमा ७६ कर्पोरेट बक्स, ओलम्पिक स्तरका स्विमिङ पुल, इनडोर एकाडेमी, ४ ड्रेसिङ रोम, फूल कोर्ट र जीसीए हाउससमेत रहेका छन्।

भारतको केन्द्रीय खेलकुद मन्त्रालयका अनुसार नरेन्द्र मोदी स्टेडियम संसारकै ठूलो क्रिकेट स्टेडियम हो। बुधबार राष्ट्रपति रामनाथ कोविन्द अहमदाबाद पुगेर स्टेडियमको उद्घाटन गरेका छन्। राष्ट्रतिसँगै गृहमन्त्री अमित शाह, खेलमन्त्री किरेन रिजिजू र बीसीसीआई सचिव जय शाह समेत सहभागी बने।

गहृमन्त्री अमित शाहले ६ महिनाभित्र ओलम्पिक, एसियन र कामनवेल्थ जस्ता प्रतिष्ठित खेलहरूको आयोजना गर्ने बताएका छन्। भारत र इंग्ल्याडबीच हुने तेस्रो टेस्ट यही स्टेडियममा हुनेछ।

विश्वको सबैभन्दा ठूलो रंगशालासँगै दर्शकको सुविधाका लागि पनि सर्वश्रेष्ठ हुने बताइएको छ। 

पुर्ननिर्माणका लागि सन् २०१६ मा तोडिएको यसको दर्शक क्षमता ५४ हजार मात्रै थियो। यसको निर्माण कार्य सन् २०१८ देखि सुरु भएको थियो।

भारतमा नेताहरूको नामबाट स्टेडियम बनाउने कुरा कुनै नोलौ होइन। यसैपनि कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री पण्डित जवाहर लाल नेहरूका नाममा देशभर ९ वटा स्टेडियम रहेका छन्। 

यता भाजपा नेता तथा पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको नाममा २ स्टेडियम बनेका छन्। पूर्वप्रधानमन्त्री इन्दिरा गान्धिको नाममा देशकै ३ प्रतिष्ठित पुरस्कारहरू रहेका छन्।

प्रकाशित मिति: : 2021-02-25 10:05:00

प्रतिकृया दिनुहोस्