दिवंगत अभिनेता सुशान्तको नाममा राष्ट्रिय अवार्ड 

Photo : indiatv
Photo : indiatv

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना हुने भएको छ।

भारत सरकारले सुशान्तको नाममा  राष्ट्रिय अवार्ड स्थापना गर्न लागेको हो। सन २०२० को जुन १४ मा सुशान्तले आत्महत्या गरेका थिए। तर उनको आत्महत्याको कारण अझै पनि खुल्न सकेको छैन। 

छोटो समयमै बलिउडमा लोकप्रिय बनेका अभिनेता सुशान्तको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापना गर्न लागेको जनाईएको छ। 
 

प्रकाशित मिति: : 2021-02-25 06:18:00

प्रतिकृया दिनुहोस्