सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता नितिका ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले पशुपतिमा सुनको जलहरी नराख्न आदेश दिएको हो।
सर्वोच्चले पशुपतिमा सुनको जलहरी किन राख्ने भन्दै कारण देखाउन समेत आदेश दिएको छ।
पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको जनाउँदै कोषका पूर्वकोषाध्यक्षसमेत रहेका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीलम ढुङ्गानाले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकेकी छन्।