टेक्सासमा भीषण बाढी, दुई दर्जनभन्दा धेरैकाे मृत्यु, २० बालबालिका वेपत्ता

Break n Links
Break n Links

अमेरिकाको टेक्सास राज्यमा भीषण बाढी पसेको छ। त्यसमा परेर अहिलेसम्म १३ जना मानिसको ज्यान गएको पुष्टी भएको छ। बाढीका कारण कम्तीमा २० जनाभन्दा बढी बालबालिकाहरू वेपत्ता भएका छन्। उनीहरू एउटा क्रिश्चियन क्याम्पमा थिए। 

अहिले मानिसहरुको उद्धार, राहत र खोजी कार्यका लागि ब्यापक सुरक्षा तथा उद्धारकर्मीहरू परिचालन गरिएको छ। हेलिकोप्टरसहित कम्तीमा दर्जन टोली खोजी र उद्धार कार्यमा खटिएका छन्। 

टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकका अनुसार बाढी ठूलो र अप्रत्याशित भएका कारण मृत्यु हुने र हराउनको संख्या अझै बढ्नसक्छ। 

स्थानीय ग्वाडलूप नदीमा आएको ठूलो बाढी घना वस्तीमा पसेको थियो। त्यहाँका सडकहरू अहिले पानी नै पानीले भरिएका छन्। जसका कारण उद्धार र खोजी कार्यमा पनि बाधा उत्पन्न भइरहेको छ। 

प्रकाशित मिति: : 2025-07-05 06:52:00

प्रतिकृया दिनुहोस्