निर्देशक अनिरुद्धसँग विवाह गर्दै अभिनेत्री कीर्ति

Photo :  Lyricsmint
Photo : Lyricsmint

दक्षिण भारतिय चलचित्र क्षेत्रकी अभिनेत्री कीर्ती सुरेशले अनिरुद्ध रविचन्दरसँग विवाह गर्न लागेकी छन्।

अनिरुद्ध रविचन्दर म्युजिक भिडियो निर्देशक हुन्। अभिनेत्री कीर्ती र अनिरुद्ध लामो समय देखि प्रेममा थिए। रेमो, थाना सेरधाकुटम र अगयाथवसी जस्ता चलचित्रमा सँगै काम गरेका  कीर्ती र अनिरुद्धले विवाहको मिती भने तोकेका छैनन्।

चलचित्रमा सँगै काम गर्दागर्दै कीर्ती र अनिरुद्ध प्रेममा परेका हुन्। कीर्तीले तमिल, तेलगु र मलयालम भाषा गरी थुप्रै चलचित्रमा काम गरिसकेकी छन्। कीर्तीको फ्यान फ्लोइङ पनि राम्रै छ। 

कीर्तीले अब सुपरस्टार महेश बाबुसँग  ‘सरकारु वारी पाटा’मा सँगै काम गर्न लागेकी छन्। 

प्रकाशित मिति: : 2021-02-24 15:23:00

प्रतिकृया दिनुहोस्