पूर्वाधार विषयमा पत्रकारलाई अभिमुखीकरण आयोजना 

Onlinekhabar

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका पत्रकारका लागि दुईदिने अभिमुखीकरण आयोजना गरेको छ।

उक्त कार्यक्रममा पूर्वसचिव एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लालशङ्कर घिमिरे, एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा बिन्दु लोहनी, पूर्वसचिव सुमन शर्मा, पूर्वसहसचिव कमल पाण्डे, वरिष्ठ पूर्वाधारविज्ञ सुरेन्द्रगोविन्द जोशीले पूर्वाधार क्षेत्रका विभिन्न आयामका बारेमा सञ्चारकर्मीलाई प्रशिक्षण दिएका थिए। 
 
समाजका अध्यक्ष भीम गौतमका अनुसार दोस्रो दिन बुधबार प्रशिक्षक अनुराग आचार्यले राजनीति र सुशासन एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पूर्वाधार क्षेत्रमा खोजी समाचार सङ्कलनका विषयमा पत्रकारलाई अभिमुखीकरण गर्नेछ। 

प्रकाशित मिति: : 2021-02-23 21:04:00

प्रतिकृया दिनुहोस्