बिएल संवाददाता
फेसबुक, ट्वीटरको प्लेटफार्ममा कति बेला के 'ट्रेन्ड' चल्छ, कसैलाई थाहा हुँदैन। आजकाल सामाजिक सञ्जालमा गज्जब–गज्जबका चीजहरू भाइरल भएको देख्न पाइन्छ।
सामाजिक सञ्जालमा कतिपय राजनीतिज्ञदेखि कलाकारसम्म एकअर्काविरूद्ध 'ह्यासट्याग'को प्रयोग गरिरहेकाबारे जानकार छन्। तर, भारतीय सञ्जाल प्रयोगकर्ता भने नयाँनयाँ चीजमा खुब् ह्याजट्याग गर्ने गरेका छन्।
'मोदी रोजगार देऊ' उनीहरूले पछिल्लो पटक भाइरल बनाएको वाक्य हो। भारतमा बेरोजगारीलाई मुख्य समस्या मानिन्छ। यसैका कारण सयौं मानिस आत्महत्या गर्ने गरेका छन्। प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदी आएपछि बेरोजगारी समस्या हुने अनुमान गरिए पनि अवस्था ज्यूका त्यूँ छ।
भारतमा पेट्रोल–डिजेलको मूल्य बढ्दा, किसान आन्दोलन हुँदा, नयाँ कृषि कानून आउदा र बेरोजगारीको मुद्दामा अक्सर प्रयोगकर्ता सरकारविरूद्ध सामाजिक सञ्जालमा उग्र देखिन्छन्। प्रधानमन्त्री मोदीलाई जोडेर सरकारमाथि विभिन्न 'मिम' बन्ने गरेका छन्।
केहि सञ्जाल प्रयोगकर्ता सोमबार–मंगलबार बेरोजगारीको सवाल उठाएर सरकारलाई घेरिरहेका थिए। तर, एक्कासी प्रधानमन्त्री मोदीलाई रोजगारी मागिरहेका उनीहरू 'गर्लफ्रेन्ड' माग्न थाले।
पहिले ह्यासट्यागमा 'मोदी रोजगारी देऊ' खुब् ट्रेन्डिङमा हुन्थ्यो। प्रयोगकर्ता प्रायः बेरोजगारीको विषय उठाइरहेका हुन्थे तर लगतै सुरु भयो– 'मोदी जी, गर्लफ्रेन्ड देऊ।' यो अहिले ट्वीटरको ट्रेन्डिङमा छ।
भारतीय सञ्जाल प्रयोगकर्ताहरू गर्लफ्रेन्ड भाइरललाई 'मिम' बनाइरहेका छन्। यति बेला उनीहरू #ModiGirlfriendDo ट्वीटरको शीर्ष स्थानमा रहेको छ। मानिसले पुरानाका कलाकाहरूका तस्वीर हालेर मिम बनाएर शेयर गरिरहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया