‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपालको तर्फबाट अनुश्मा रायमाझी जाने भएकी छन्।
मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिनिधि हुने गरी अनुश्मालाई पठाउन लागेको हो।
१८ मार्चदेखि ५ जुनसम्म हुने उक्त प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ। २१ वर्षीय अनुश्माले प्रतियोगितामा आफ्नो देशको कल्चरल ड्रेस प्रचार गर्ने बताएकी छन्।
अनुश्मा ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’ को बिजेता पनि हुन्।