प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ।
सोमबार दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच एक घन्टाभन्दा बढी भेटघाट भएको हो।
प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गाको विषयमा छलफल भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।