दिनमा एक कप कफी पिउनु फाइदाजनक !

सुदीक्षा खड्का

काठमाडाै‌ं
Symbolic photo

धेरै मानिषहरू यो विश्वास गर्छन् कि कफि र स्मोकिंगले रक्तचाप बढाउँछ र मुटुलाई हानि पुर्याउछ। तर नयाँ अनुसन्धानले भन्छ, कफीले भने हृदय विफलताको जोखिम कम गर्दछ। यो खतरा कम गर्नका लागि व्यक्तिले धुम्रपानबाट टाढा रहनु पनि महत्त्वपूर्ण छ।

हरेक दिन एक कप ब्लैक कफीले हृदय विफलताको जोखिमलाई १२ प्रतिशतले कम गर्दछ। यो डाटा २१ हजार व्यक्तिमा अनुसन्धान पछि जारी गरिएको छ।

अनुसन्धानका अनुसार कफीमा रहेको एन्टिआक्सीडन्टहरूले शरीरमा हुने सूजन कम गर्दछ, जसले गर्दा भविष्यमा हृदय विफलताको जोखिम कम गर्दछ।

चीन मेडिकल युनिभर्सिटीले आफ्नो भर्खरै गरेको अनुसन्धानबाट दावी गरेको छ कि यदि तपाई प्रोस्टेट क्यान्सरको जोखिम १० प्रतिशतले घटाउन चाहानुहुन्छ भने कफी पिउनुहोस्।

चिनियाँ अन्वेषकहरू भन्छन, क्यान्सर बाट लडिरहेको व्यक्ति यदि कफी पिउछन भने क्यान्सर १६ प्रतिशतले सुधार हुदै जान्छ। पहिले गरिएको अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि कफीले कलेजो, स्तन र आन्द्राको क्यान्सरको जोखिम कम गर्दछ।

ब्रिटिश मेडिकल जर्नलमा सार्वजनिक अनुसन्धानका अनुसार अनुसन्धानकर्ताहरूले यो पत्ता लगाए कि कम र धेरै कफि प्रयोग गर्ने मानिसहरूमा प्रोस्टेट क्यान्सर हुने जोखिम कम भएको छ।

दिनमा एक कप कफी पिउनुका फाइदाहरु:
•    क्यान्सरबाट बचाउछ 
•    एनरजीलाई बुस्ट गर्छ 
•    तौल कम गर्छ 
•    उमेर बढाँउछ 
•    डिप्रेसन कम गर्छ 
•    लिवरलाई स्वस्थ राख्छ
•    फ्रेश महसुस गराउछ


 

प्रकाशित मिति: : 2021-02-22 12:42:00

प्रतिकृया दिनुहोस्