८४ वर्षको उमेरमा युवतीहरु सगैँ क्याटवक

Photo : redduckpost
Photo : redduckpost

मानिसहरुको उमेर बढ्दै गएपछि वृद्धाावस्थामा प्रवेश गर्छन। काम गर्न नसक्ने हुन्छन्। रोगहरुले च्याप्दै जान्छ। हिडडुल गर्न नसक्ने हुन्छन्।

तर ८४ वर्षीय वृद्ध वाङ डेसुन नामका चिनियाँ कलाकारको जिवन अचम्मको छ। कठिन मेहनत गरेर उनले ८४ वर्षको उमेरमा आफूलाई एक चर्चित फेशन मोडेलको रुपमा स्थापित गरेका छन्।

हरेक दिन आफुले ३ घण्टासम्म फिटनेस गर्ने गरेको उनको भनाई छ। अघिल्लो वर्ष मात्रै उनले भर्खरका युवा युवतीहरुसँगै र्याम्पमा क्याटवक गर्न गरे। 

वाङ जतिबेला ८० वर्षको थिए, तब  ‘चाइना फेशन वीक–२०१५’मा उनी एक आकर्षक प्रतिष्पर्धी बनेका थिए। नांगो काँध पछाडिबाट फैलिएको उनको सेतो र लामो कपाल देखेर मानिसहरुलाई लोभ लाग्छ।
 

प्रकाशित मिति: : 2021-02-22 06:46:00

प्रतिकृया दिनुहोस्