बिएल संवाददाता
नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झाले आज पदभार ग्रहण गरेका छन्।
प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् जनकपुरका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखेर कामकाज गर्ने बताए।
देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्ने मौका पाएकोमा खुशी लागेको बताउदैं उनले भने, 'विविधतालाई अवसरका रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति सद्भाव, प्रेम राख्नेछु। प्रदेशलाई नमूना प्रदेश बनाउन आफ्नो सुझबुझ भ्याएसम्मको प्रयास गर्नेछु।'
यस प्रदेश र प्रदेशवासीको समृद्धिका लागि आफूले भूमिका खेल्ने भन्दै उनले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा अग्रसर रहने बताए।
'देशसहित समृद्ध प्रदेश निर्माणका लागि आवश्यक पर्ने तत्वहरू सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकाले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेको हुन्छ' उनले भने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया