बिएल संवाददाता
नेकपा ओली समूह जिल्ला कमिटी रोल्पाले संगठन विस्तारलाई तिब्रता दिएको छ। नेकपा औपचारिक रुपमा विभाजन नभएपनि ओली समूहले ठाउँठाउँमा कार्यकर्ता भेला गरिरहेको उक्त समूहले बताएको छ।
शुक्रबार ओली समूहले माडी गाउँपालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न गरेको छ। भेलाले २७ सदस्यहरूलाई गाउँपालिका कमिटीमा मनोनयन गरेको मोहन वलीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको केन्द्रीय सदस्य कुमार दशौदीले जनाएका छन्। रोल्पाबाट चुनाव जितेका प्रतिनिधिसभा सदस्य तथा प्रचण्ड समूहका नेता वर्षमान पुन सुरुदेखि नै पार्टी एकताविरुद्ध लागेको उनले आरोप लगाए। 'मन्त्री पाउन्जेल चुपचाप बसेका पुन कमरेड मन्त्रीबाट हटेपछि रोइ–कराई गर्न थाल्नुभएको छ'- केन्द्रीय सदस्य दशौदीले भने।
भेलामा केन्द्रीय सदस्य तथा जिल्ला संयोजक बालाराम बुढाले पार्टीलाई मजबुट बनाउँनको लागि जिल्लाका सबै नेता–कार्यकर्ताहरु एकजुट भएर लाग्न आव्हान गरेका छन्। जिल्लामा नेकपा नेता–कार्यकर्ताहरु एकढिक्का भएको उनले दाबी गरे।
भेलाले माडी गाउँपालिकाका सबै वडा र गाउँगाउँमा पार्टी अभियान चलाउने निर्णय गरेको केन्द्रीय सदस्य ईश्वरी जिएमले जानकारी दिईन्। गाउँगाउँमा आगामी निर्वाचन लक्षित चुनावी अभियान सुरु गर्न उनले आग्रह गरेकी छन्। उनले भनिन्, 'पार्टीको पहिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यो नै आधिकारिक पार्टी हो।'
भेलामा प्रदेश सदस्यहरु आनन्द कुमार बुढा र बिजय कुमार घर्तीले माडी गाउँपालिकामा नेकपा एकढिक्का रहेको जानकारी दिए। प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपाले नै 'चुनाव चिन्ह सूर्य' पाउने उनीहरुले विस्वास व्यक्त गरेका छन्।
माडी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेलामा युवा नेता प्रेम घर्ती, अमृत बुढालगायतको सहभागिता रहेको थियो। बन्दना घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सन्चालन अमृत खड्काले गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया