शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

sourya online

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा शुक्रबारबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। 

नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नगर प्रमुख महेश खरेलले सो केन्द्रको उद्घाटन गरेका हुन्। 

आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ।

 स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए। सो क्रममा उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका आमाबुबालाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताएका छन्। 

वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहँुच पु¥याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए। 

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झा र पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीलगायतले केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको बारेमा चर्चा गरेका थिए। रासस 
 

प्रकाशित मिति: : 2021-02-20 10:48:00

प्रतिकृया दिनुहोस्