काठमाडौंको टेकु अस्पताल कसले सुरु गर्यो होला ?
थाहा छैन ।
उनी कुनै शासक हुन्थे भने आफ्नो इतिहास शिलापत्रमा लेख्थे होलान् । अथवा किताबको ठेली नै तयार पार्थे होलान् । तर, उनको तस्वीर त धेरैपरको कुरा, नामसम्म पनि कहीँ कतै उल्लेख भएको पाइँदैन ।
अक्सर कथा तिनैको लेखिन्छ जो शक्तिमा छ, जो सत्तामा छ ।