अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ अप्रिल २ रिलिज हुने भएपछि नेपाली निर्माताहरु खुसी

बलिउड नायक अक्षय कुमार र नायिका कट्रिना कैफले अभिनय गरेको चलचित्र ‘सूर्यवंशी’ अप्रिल २ मा रिलिज हुने भएको छ।

उक्त चलचित्र नेपाली हलहरुमा  रिलिज हुने भएपछि नेपाली निर्माताहरु खुशी बनेका छन्।

लामो समय देखि कोरोनाको महामारीले पुर्ण रुपमा ठप्प भएका हलहरुमा दर्शकहरु फर्कन सक्ने अपेक्षा राखेर नेपाली निर्माताहरुले खुसी ब्यक्त गरेका हुन्।

चैत्र २७ गते शुक्रबारबाट ३ नेपाली चलचित्र रिलिज हुँदैछन्। नेपाली निर्माताहरुमा अक्षयले दर्शक हलसम्म फर्काएपछि त्यसको प्रभाव नेपाली चलचित्रको व्यापारमा पनि पर्ने आशा छ।

 

 

प्रकाशित मिति: : 2021-02-20 05:33:00

प्रतिकृया दिनुहोस्