क्यान्सरको जोखिम कम गर्न ग्रीन टी !

बिएल संवाददाता

काठमाडाै‌ं
Beverage daily

ग्रीन टीले हामीलाई क्यान्सरबाट बचाउँन मदत गर्छ। एक नयाँ अनुसन्धानबाट यो पुष्टी भएको छ कि ग्रीन टी पिउँदा शरीरमा एन्टी-क्यान्सर प्रोटीन (p53) को स्तर बढ्छ।

यस प्रोटीनले क्षतिग्रस्त कोशिका मर्मत गर्दछ र क्यान्सर सेलहरू मार्दछ। नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार, ग्रीन टीमा भएको खास किसिमको तत्त्व जसलाई  इपिगैलोकैटेकिन ग्यालट भनिन्छ, यसले शरीरमा क्यान्सर-विरोधी प्रोटीन (p53) को स्तर बढाउन मद्दत गर्दछ।

साथै यसले क्यान्सरको जोखिम कम गर्दछ।हप्तामा कम्तिमा पनि ३ पटक ग्रीन टी पिउने व्यक्तिहरू हृदय सम्बन्धित रोगहरू बाट २०% कम जोखिममा छन्। त्यस्ता व्यक्तिहरू अरु को तुलनामा १५ महिना भन्दा बढी बाँच्दछन्।

यो दाबी १ लाख भन्दा बढि मानिसहरुको अन्वेषणमा गरिएको हो जसलाई पुष्टी गर्न ७ वर्ष लागेको थियो। अनुसन्धानकर्ताहरुको अनुसार यस्तो हुनु को मुख्य कारण भनेको ग्रीन टीमा पाइने सूक्ष्म पोषक तत्व 'पोलीफेनल' हो जुन एन्टीओक्सिडन्टहरूको धनी हुन्छ।

यसले केवल हृदय सम्बन्धी रोगहरूदेखि बचाउँदैन, बरु मधुमेह, पार्किन्सन, अल्जाइमर र तौल सम्बन्धी समस्याहरूलाई कम गर्न पनि सहयोग पुर्याउँछ।

चिकित्सकहरुको अनुसार दिनभरिमा दुई कप भन्दा बढी ग्रीन टी लिनु हुँदैन। सब भन्दा महत्त्वपूर्ण कुरा यसमा चिनी प्रयोग गर्नु हुँदैन र साँझ ६ बजे भन्दा पहिले नै पिउनु उचित हुन्छ, अन्यथा त्यस पछाडी पिउदा निन्द्रा नलाग्ने समस्या आउन सक्छ।

हामी यसमा चिनीको सट्टा मह प्रयोग गर्न सक्छौ, तर चिया चिसो भैसकेपछि मात्र मह मिसाउदा उचित हुन्छ, अन्यथा यसको पोषकतत्व समाप्त हुन सक्छ। यसलाई बढि लाभदायक बनाउन केही थोपा कागतीको रस थप्न सकिन्छ।

प्रकाशित मिति: : 2021-02-19 15:03:00

प्रतिकृया दिनुहोस्